दफा १९७
धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिने

(१) दफा १९६ बमोजिम छनौट समितिबाट प्राप्त भएको सिफारिस जाँचबुझ गर्दा सिफारिस अनुरुपको नाबालक विदेशीलाई धर्मपुत्रवा धर्मपुत्रीको रूपमा दिन उपयुक्त देखेमा बोर्डले सोही व्यहोराको सिफारिस नेपाल सरकार समक्ष गर्नेछ ।
(२) उपदफा (१) बमोजिम बोर्डबाट भएको सिफारिस जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा नेपाल सरकारले बोर्डको सिफारिसबमोजिम त्यस्तो नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन अनुमति दिनेछ ।
(३) उपदफा (२) बमोजिम अनुमति दिएपछि नेपाल सरकारले त्यस प्रयोजनको लागि तत्सम्बन्धी प्रमाणपत्र जारी गर्नेछ । (४)उपदफा (३) बमोजिम प्रमाणपत्र जारी भएपछि नेपालबाट रीतपूर्वक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गरेकोमानिनेछ ।
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा अनुमति दिनुअगावै सम्बन्धित नाबालकको बाबु, आमा वा अन्य संरक्षकले आफ्नो नाबालक फिर्ता लैजान चाहेमा त्यस्तो नाबालकलाईधर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने छैन ।
(५) उपदफा (२) बमोजिम नेपाल सरकारबाट कुनै नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिने अनुमति भएमानिवेदक उपस्थित भई सम्बन्धित नाबालक आफैँले बुझिलिनु पर्नेछ । तर निवेदक दम्पति भई दुवैमध्ये कुनै एक जनाउपस्थित हुन नसक्ने भएमा अनुपस्थित पति वा पत्नीले दिएको प्रमाणित मञ्जुरनामाको आधारमा एक जनाले मात्र त्यस्तोनाबालक बुझ्न सक्नेछ ।
(६) यस दफा बमोजिम कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री दिने अनुमति भएपछि नेपाल सरकारले त्यस्तोकुराको जानकारी धर्मपुत्र वा धर्मपुत्री लिने व्यक्तिको मुलुकमा रहेको अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी कार्य गर्ने केन्द्रीय निकाय र नेपालका लागि सम्बन्धित देशको राजदूताबास भए त्यस्तो राजदूताबासमा समेतदिनु पर्नेछ ।
(७) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न निवेदन दिने विदेशी नागरिक वा दम्पतिले नेपाल सरकारबाट गरिएको कुनैनिर्णय उपर चित्त नबुझेमा सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।